SEO Blogs

परीक्षणकालीन सवारी चालक अनुमत पत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने

यातायात व्यवस्था कार्यालय सेतीले धनगढीबाट परीक्षणकालीन चालक अनुमतीपत्र वितरण शुरु गरेको छ । यातायात कार्यालय सेतीले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागु गर्ने निर्णय गरेसँगै सुदूरपश्चिममा पनि सो निर्णय लागु भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमति पत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । चालक अनुमतीपत्र वितरण शुरु भए सँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता पनि अन्त भएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐन लागु गरेसँगै सुदूरपश्चिममा पनि परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण शुरु भएको छ । आज एक कार्यक्रमका बिच प्रदेशकी भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले परीक्षणकालीन सवारी चालक अनुमतीपत्र वितरण कार्यको शुभारम्भ गरेकी हुन् ।

परीक्षणकालीन सवारी चालक अनुमत पत्रको शुभारम्भ गर्दै राज्यमन्त्री चौधरीले अब चिट बोक्नुपर्ने बाध्यताको अन्त्य भएको बताइन् । बाटोमा चेकिङ हुने र त्यसका लागी चिट बोक्नुपर्ने थियो राज्यमन्त्री चौधरीले भनिन् ‘पानीले भिज्ने, हराउने झन्झटबाट मुक्ति पाइएको छ, यसमा प्रदेश सरकारले पूर्ण सहयोग गरेको छ ।’

यातायात व्यवस्था कार्यलय सेती, धनगढी #PVCSMARTLICENSE
SEO Blogs

लाइसेन्सको ट्रायल दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ – Online license form

विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ । ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो ।

लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो ।

विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ ।

आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ नियम परिवर्तन गरेको हो ।

विभागका एक अधिकारीले चर्को दबावबाट नियम संशोधन भएको स्वीकार गरे । उनले भने, ‘व्यवसायीहरुले अनेक तर्क गरेर आफ्नो कुरा माथि पार्नुभयो ।’

अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा निजी कम्पनीहरुलाई छाडिदिएका छन्, त्यो पनि बिना प्रतिस्पर्धा ।

विभागले ‘सच्चाएको’ निर्देशिकामा परीक्षार्थीले ट्रायलमा प्रयोग गर्ने आफ्नो सवारीको स्तर पनि तोकेको थियो । मोटरसाइकल र स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२०० मिलिमिटरको ह्विल बेस भएको, म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने भनिएको थियो ।

त्यस्तै, कार र जिपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३०० मिलिमिटर ह्विल बेस भएको, लम्बाइ, चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बिमा अद्यावधिक भएको हुनुपर्ने व्यवस्था थियो ।

कार/जिपको इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्ने, झ्याल, ढोका, लकलगायत प्रणाली ठीक हुनुपर्ने, ट्रायलको क्रममा ‘रियर भ्यू’ क्यामेरा छोप्नुपर्ने भनिएको थियो । अब यही व्यवस्था परीक्षार्थीको सवारीको सट्टा ट्रायल सेन्टरमा हुने सवारीको हकमा मात्रै लागु हुनेछ । तर, निजी कम्पनीहरुले पहिलाकै थोत्रा सवारीले काम चलाइरहेका छन् ।

विभागले निर्देशिकामा अन्य संशोधन पनि गरेको छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । यसअघि ५/५ अंकको २० प्रश्न सोध्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । यसअघि ७० अंक अनिवार्य गरिएको थियो ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।

थप जानाकारीको लागी फेसबुक पेज online license form ra group Online Driving license form अनलाईन लाइसन्स फर्म मा जोईन हुनुहोला।

SEO Blogs

ईजरायल परिक्षा दिने पर्खाई बल्ल पुरा भयो। परिक्षा दिने प्रवेश पत्र आयो

उम्मेदवारले पालन गर्नुपर्ने नियमहरु :-
१) परीक्षा दिन आउँदा अनिवार्य रुपमा राहदानी सहित प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन ।
२) परीक्षा हलमा मोबाइल फोन ल्याउन पाइने छैन ।
३) लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु आनिवार्य छ।
४) उम्मेदवारले परीक्षा दिएको दिनमा हाजिर अनिवार्य रुपले गर्नुपर्नेछ ।
५) विभागले सूचनाद्वारा निर्धारण गरेको कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ।
६) बिरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा विभाग जवाफदेही हुने छैन ।
७) परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टीद्वारा सूचना गरेपछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत परीक्षा शुरु भएको १५ मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन ।
८) परीक्षा हलमा उम्मेदवारले परीक्षाको मर्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारवाही गर्नेछ र त्यसरी निष्काशन गरिएको उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्द भएको मानिने छ ।
९) परीक्षा हलमा प्रवेश गरेपछि किताब, कापी, कागज, चिट आदि आफू साथ राख्नु हुँदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुँदैन ।
१०) कुनै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ ।
१) उम्मेदवारको पुरा नाम: युवराज क्षेत्री
२) बिज्ञापन नं: २०७८/७९-९७२-००१
३) पद: सहायक कामदार
४) परिक्षा केन्द्र : गोठाटार
५) परीक्षा मिति: २०७८-०५-२८ सोमबार
६) परीक्षा समय: दिँउसो १ बजे
यस विभागबाट लिइने उक्त पदको परीक्षामा तपाईलाई उपराेक्त केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ। विज्ञापनमा तोकिएको शर्त नपुगेको ठहर भएको जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनेछ।

रोल नम्बर:

SEO Blogs

भदौ २० देखि सवारी लाइसेन्सको परीक्षा, यस्ता छन् फेरिएका व्यवस्था कस्तो प्रस्न सोध्छ त

सवारी लाइसेन्सको परीक्षा, यस्ता छन् फेरिएका व्यवस्था

twitter sharing button
messenger sharing button
whatsapp sharing button

१४ भदौ, काठमाडौं । आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । अब नयाँ प्रणालीबाट परीक्षा हुनेछन् ।

कोभिड-१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड-२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।

‘महामारीमा कसरी परीक्षा सञ्चालन गर्ने भनेर मापदण्ड बनाएका छौं, महामारी फैलिन नदिने गरी परीक्षाहरु हुन्छन्,’ भुसालले भने ।

महामारीमा सुरक्षित परीक्षा

परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने,  परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।

प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।

मापदण्डअनुसार परीक्षा सुरु हुनु अगावै परीक्षार्थीहरुलाई उनीहरुको ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिनेछ । यसरी तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिˆटमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराउने भनिएको छ । कार्यालयले खुल्ला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नु पर्ने मापदण्डको व्यवस्था छ ।

प्रश्नोत्तर संग्रहबाटै परीक्षा

अब सुरु हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ नियमहरु लागू गर्ने हुनेछन् ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

आफ्नै सवारीमा ट्रायल

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको हि्वल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर हि्वल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।

ट्रायलमा अंकभार

नयाँ व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू हुनेछ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ ले लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरेको छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

मोटरसाइकल/स्कुटरको ट्रायल

मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।

१. घुमाउरो ‘8’

मोटरसाइकलको ट्रायलमा अब घुमाउरो ‘8’ को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।

२.साँघुरो फलेक

साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुत्तीर्ण भने हुने छैन ।

५. उबड–खाबड (बम्प्स)

उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुवै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

६. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द भए पनि अंक काटिने छैन ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

कार/जीपको ट्रायल

कार, जीप र भ्यानको ट्रायलको पूर्णाङ्क पनि १०० छ । त्यसमध्ये परीक्षाका विभिन्न चरणमा गरी ७० अंक जोड्ने परीक्षार्थीले लाइसेन्स पाउनेछन् ।

१. घुमाउरो ‘8’

कार जीपको ट्रायलमा पनि घुमाउरो ‘8’लाई २० अंकको भार दिइएको छ । घुमाउरो ‘8’ मा दुई पटकसम्म अंकित रेखा छुन पाइनेछ । तर, प्रत्येक पटक ५–५ अंक काटिनेछ । दुई पटकभन्दा बढी छोएमा, टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाबाट ‘8’ नबनाएमा र अगाडि बढ्नुपर्ने बेला सवारी साधन पछाडि सारेमा भने परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

२. उबड–खाबड (स्पिड ब्रेकर)

उबड–खाबड (स्पिड ब्रेकर)को चरणलाई १० अंकभार छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भयो भने ५ अंक काटिनेछ । तर, एकपटक भन्दा बढी स्टार्ट बन्द भएमा भने अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

यू–टर्नको चरणलाई १० अंकको भार छ । युटर्न गर्दा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, यो भागमा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटलाई १५ अंकभार छ । ट्राफिक लाइटको नियम पालना नगरेमा १५ अंक नै काटिनेछ ।

५. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प)लाई १५ अंकभार छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द गर्दा अंक घट्ने छैन ।

६. ग्यारेज पार्किङ

ग्यारेज पार्किङको चरणलाई २० अंकभार छ । यो भागमा सवारी पछाडि सार्ने क्रममा एक पटकसम्म अघि सरेमा १० अंक काटिनेछ । एकपटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको परीक्षालाई १० अंकभार छ । सवारी साधन चलाउनुपूर्व ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक, सिटबेल्नलगाई सवारी चलाएमा ४ र अस्वाभाविक रुपले असंयमित तरिकाले चलाए ३ अंक काटिनेछ।

थप जानकारीका लागी फेसबुक पेज https://www.facebook.com/onlinelicense

र ग्रुपमा हेर्नुहोला ।


SEO Blogs

सवारी चालक लाईसन्स पास गर्न कस्तो कस्तो प्रस्न सोध्छ त?

लाईसन्स पास गर्न क-कस्तो प्रस्न सोध्छ त ल हेर्नुहोस र तयारी गर्नु होला यसै ५०० प्रस्नबाट आउछ Questions पास हुनलाई ६० नम्बर ल्याउन पर्छ

SEO Blogs

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्याे : हट्याे कोटा सिस्टम

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम (शुक्रबार)बाट खुल्ला भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गर्दै अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने जनाएकाे हाे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार निश्चित कोटा सिस्टम पनि हट्ने भएकाे छ । यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासाहरू आएका थिए ।

अनलाइन फर्म भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाइने यातायात व्यवस्था विभागका महानिर्देशक हमालले जानकारी दिनुभयाे ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए । त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो ।

थप जानकारीको लागी अनलाइन लाइसेन्स फाराम पेजमा या ग्रुपमा हेरनु होला

यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र

ट्रायलमा ६० नम्बर आए लाइसेन्स फागुनमा लागूहुदै

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

थप जान्कारिकोलागि अन्लाईन लाईसन्स फर्म पेज या Online Licence Form अनलाईन लाईसन्स रजिस्ट्रेसन फर्म ग्रुप हेर्नु हो्ला

SEO Blogs

How To Earn Money From ZA.GL?

ZA.GL is american based online project, earn your money daily basis upon your typing, technical skills for booting to get more traffics on your link. visit the link mention below for creating account and for tips.

ZA.GL Sign UP

Visit Link Mention below for Technical Help

  1. https://zee.gl/uOrO 
  2. https://zee.gl/6huw
  3. https://zee.gl/ehFoEak
  4. https://zee.gl/VQNIaVu
  5. https://zee.gl/PUP9t3X
  6. https://zee.gl/XYer1PE
  7. https://zee.gl/R8YHV
यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र, News khabar

लाइसन्स आए नआएको थाहा पाउने तरिका – check Smart license printed or Not

3 Min Reading

लाइसन्स आए नआएको थाहा पाउने तरिका – check Smart license printed or Not

नमस्कार आज मा तपाईहरुलाई आफ्नो लाइसन्स कसरी हेर्न सकिन्छ भन्ने बारेमा भन्न गइ रहेको छु।

यदि तपाई लाइसन्स आयो कि आएन येति धेरै समय बित्दा पनि भनेर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन किन भने तपाइलाई सजिलो को लागि नेपाल यातायात बिभाग ले अनलाईन हेर्न मिल्ने प्रबिधि ल्याएको छ। जसमा तपाईले आफ्नो नाम र लाइसन्स नम्बर हाल्नु पर्ने हुन्छ जुन तपाइको लाइसन्स मा लेखिएको छ नागरिता अनुसार या पासपोर्ट अनुसार के छ नाम मिल्ने गरेर हाल्नुस र पास भएपछि को नम्बर रातो पेपर मा पनि लेखिएको हुन्छ।

माथिको फोटो मा देखे जसरि नै लेखेर हाल्नुस र आफ्नो लाइसन्स आएको नआएको पत्ता लागौनुस सजिलै येस्मा लेखिको प्रेषण मिति भनेको तपाइको लाइसन्स त्यो मितिमा आएको छ र शाखामा पठाईयो कुन कार्यालय मा भन्दा तपाइले जुन कार्यलय बाट पास गर्नु भयेको थियो।

थप जानकारीको लागि फेसबुक पेज Online License Form या ग्रुप मा हेर्नुहोला

https://dotm.gov.np/DrivingLicense/SearchLicense