SEO Blogs

Written Exam Preparation

Exam(Likhit) Preparation Important Lesson


  1. दाहिने साइडबाट ओभरटेक गर्नु पर्दछ
  2. उछिन्न निषेध चिन्ह टाँगिएको ठाउँमा, ब्यस्त चोक वा गल्लि,जेब्रा क्रसिङ, मोड घुम्ति, दोबाटो,उकालो र ओरालो,आदि ठाउँमा ओभरटेक गर्न हुदैन
  3. पछाडीबाट आइरहेको सवारीले ओभरटेक गर्न खोज्दा आफ्नो सवारी स्लो गरी साइड दिन पर्छ
  4. सडकमा कोरिएका अखण्ड धर्काले यो धर्का पारगरेर उछिन्न पाईदैन भने जनाहूछ
  5. आफ्नो सवारी अगाडीको भन्दा धेरै गतिमा भएमा ओभरटेक गर्न उचित हुन्छ
  6. उपयुक्त गियर / टप गियरमा ओभरटेक गर्नु पर्दछ
  7. ओभरटेक गर्दा विपरित दिशाबाट सवारी आए नआएका कुरामा ध्यान दिनुपर्छ
  8. सडकमा कोरिएका खण्डित धर्काले यो धर्का पारगरेर उछिन्न पहिन्छ भने जनाहूछ
  9. पासिङ लाइट (हेड लाइट )को प्रयोग अगाडीबाट आइ रहेको गाडीलाई साइड माग्दा गर्नुपर्छ ।
  10. ब्रेक लाइटले मेरो सवारीको गति घट्दै गएको छ भनेर पछि आउदै गरेको सवारीलाई जानकारी दिन्छ |
  11. अगाडीको सवारीको ब्रेक लाइट बलेको देख्न साथ तपाई सबारी गति घटाउनु पर्दछ |
  12. हेड लाइटको प्रयोग राति र उदासी मौसममा हुन्छ । यसका 2 वटा बिमहरु हुन्छन् । यसले अगाडीको सवारीलाई जानकार गराउछ । । यो पासिङ लाइटको लागी पनि प्रयोग गरिन्छ ।
  13. साइड लाइटको प्रयोग सवारीको दिशा परिवर्तन गर्दा ( दाँया वा बाँया )धुमाउँदा गरिन्छ । दायाँ घुमाउदा दायाँ साइड लाइट र बायाँ घुमाउदा बायाँ साइड लाइट बाल्नु पर्छ
  14. ब्रेक लाइटले अगाडी सवारीको गति कम हुँदैछ भन्ने कुरा थाहा हुन्छ |
  15. रिर्भस लाइटले गाडी पछाडी आइरहेको जानकारी दिन्छ |
  16. अगाडीको गाडीको पछि पछि जाँदा ब्याक लाइट बत्ती बाल्नु पर्दछ |
  17. हेड लाइटले अगाडीकोलाई मात्र संकेत दिन्छ |
  18. सवारी चालक अनुमतिपत्रको लागि लिईने परीक्षाको विषय र परीक्षा प्रणाली तोक्ने ।
  19. सवारीको प्रदूषण जाँच
  20. सार्वजनिक सवारी साधनलाई प्रदान गरिने बाटो इजाजत सम्बन्धी कार्य गर्ने ।
  21. अन्तर्राष्ट्रिय प्रचलनअनुरुप ट्राफिक संकेतहरु सार्वजनिक स्थानमा राख्ने व्यवस्था गर्ने ।
  22. सवारीको गति, वजन र सवारीमा राखिने यात्री संख्या निर्धारण गर्ने ।
  23. सवारी तथा यातायात व्यवस्था ऐन, नियम, निर्देशिका कार्यान्वयन गराउने ।
  24. सवारी चालक अनुमतिपत्र सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गराउने ।
  25. यात्रुवाहक सार्वजनिक सवारीको भाडा निर्धारण गर्ने ।
  26. सवारीको यान्त्रिक स्थिति तथा स्वरुपको जाँचबुझको सम्बन्धमा आवश्यक मापदण्ड तयार र निर्धारण गर्ने ।
  27. सवारी तथा यातायात व्यवस्था ऐन, नियम तथा निर्देशिका कार्यान्वयनमा देखापरेका समस्या समाधानको लागि स्पष्ट गरी निर्देशन दिने ।
  28. यसले इञ्जिनको शक्ति र गाडीको गतिलाई घटाउने र बढाउने काम गर्छ ।
  29. मोटरसाइकलमा कुन गियर हुँदैन ? ब्याक गियर
  30. सानो गियरमा सवारी हाँक्दा इञ्जिनको शक्ति बढ्छ र आवाज बढी आउछ ।
  31. यसलाई बाँया खुट्टाले नियन्त्रण गरिन्छ ।
  32. सवारी चल्न क्लच र गियरको सन्तुलन मिल्न पर्दछ |
  33. मोटरसाइकल स्टार्ट गर्दा गियरलाई न्यूट्रलमा ल्याउनु पर्छ र स्टार्ट भए पछि १ नं. बाट सुरु गरी
  34. मोटरसाइकलको गति अनुसार गियर बढाउनु पर्दछ |
  35. उकालोमा गइरहेको बेला कम गियरमा राख्नु पर्छ र ओरालोमा उच्च गियर राख्नु पर्छ ।
  36. मोटरसाइकलको लिखित परीक्षामा सामेल हुन दरखास्त वापत रु. ५०० दस्तुर दिनु पर्नेछ
  37. ड्राइभिङ लाइसेन्स थपका लागी दरखास्त दिंदा रु.५०० दस्तुर दिनु पर्नेछ
  38. मोटर साईकलको ड्राइभिङ लाइसेन्स रु.१५०० राजश्व दिनु पर्नेछ
  39. सवारी चालक अनुमतिपत्रको म्याद सकिएको १ वर्ष सम्म पनि नविकरण नगराएमा १००% रकम दिनु पर्नेछ
  40. म्याद नाघेको ३ वर्ष पछि चालक अनुमतिपत्र नविकरण गराएमा ३००% रकम दिनु पर्नेछ
  41. हाल तेस्रो पक्षको विमा रु. ५ लाखको गराउने मान्यता छ
  42. सवारी चालक तथा अन्य कर्मचारीको बिमा रकम रु. ५००००० रकम दिनु पर्नेछ
  43. प्रथम मा लिइएको सवारी अनुमतिपत्रको परीक्षणकाल १ वर्ष रहनेछ
  44. ड्राइभिङ लाइसेनसको वहाल अवधि १० वर्षवर्षको हुनेछ
  45. सवारी दर्ता प्रमाण पत्रको अवधि १ वर्ष रहनेछ
  46. सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ५ वर्ष वर्ष सम्म पनि नविकरण नगराएमा लाईसेन्स रद्द हुन्छ
  47. सवारी चालक अनुमतिपत्रको म्याद सकिएको ३ महिना भित्र भित्रमा नविकरण गराइसक्नु पर्छ
  48. ड्राईभिङ लाईसेन्सको म्याद नाघेको मिती देखी ३ महिना भित्र नविकरण गराउनुपर्छ
  49. म्याद नागेको ५ वर्ष सम्म नविकरण नगराएमा सवारी चालक अनुमतिपत्र स्वत. रद्द हुन्छ
  50. ७ दिन भित्र लाइसेन्स हराएमा , च्यातिएमा वा कुनै कारणवस काम नलाग्ने भएमा कति दिन भित्र दरखास्त दिनु पर्छ
  51. दुर्घटनामा परि मृत्यु भएको २५ दिन भित्र बिमा रकम पाइन्छ
  52. प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ ।
  53. दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो ।
  54. दुर्घटनामा परि घाइते भएमा प्राथमिक उपचार दुर्घटना स्थलमै दिनु पर्छ ।
  55. सबै सबारीमा एउटा प्राथमिक उपचार बक्स हुनुपर्छ ।
  56. प्राथमिक उपचार बक्समा डिटोल, कपास, नरम कपडा, कैंची, स्प्रीट, व्यान्डेज,आदि सामग्रीहरु हुन्छन
  57. प्राथमिक उपचार गर्ने व्यक्तिका विशेषता – प्राथमिक उपचार सम्बन्धी जानकारी भएको , घायल व्यक्तिलाई निरन्तर सेवा दिन सक्ने ,नआतीने , स्थिति आफ्नो नियंत्रणमा राख्न सक्ने ।
  58. सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ , सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
  59. भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन ।
  60. नजिकैको अस्पताल अथवा मेडिकल सेन्टर मा पिडित लै लैजाने ।
  61. सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ ।
  62. दुर्घटनामा घाइते भएको व्यक्तिको रगत थाम्न रगत बगेको ठाउँमा थिचेर राख्ने वा सफा कपडाले बाँधेर राख्नुपर्छ ।
  63. घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ ।
  64. बायाँ बाट पैदल यात्री हिड्ने
  65. दाहिने साइडबाट ओभरटेक गर्दा
  66. बायाँ साइडबाट सबारी साधन चल्ने
  67. बायाँ घुम्दा बायाँ साइड लाइट बाल्ने
  68. दायाँ घुम्दा दायाँ साइड लाइट बाल्ने
  69. Right Side अर्थात् दाहिने,दायाँ
  70. Left Side अर्थात् बायाँ, देब्रे
  71. पैदल यात्रीलाई वार पार गर्नकोलागी जेब्राको शारीरमा भएजस्तो गरि सडकको चौडाई भागमा कोरिएको सेतोकलो धर्कलाई जेब्रा क्रसिङ भनिन्छ
  72. सेतो र कालो रङ्गको प्रयोग जेब्रा क्रसिंगको रेखाङ्कनमा गरिन्छ
  73. सडकको रेखाङ्कनमा सेतो र पहेंलो रङ्गको प्रयोग गरिन्छ
  74. किनारामा रेखा पहेंलो रङ्गको हुन्छ
  75. सडकको बिच भागमा कोरिएको टुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दायी रेखाहरु नाघे पनि केहि फरक पर्दैन भन्ने जनाउँछ
  76. सडकको बिच भागमा कोरिएको नटुक्रीएका रेखाले सवारी साधन चलाउँदा वा ओभरटेक गर्दा यी रेखा कट्न पहिदैना भन्ने जनाउछ
  77. लामोबाटो (लङ्ग रूट) – यात्राको लागि प्रस्थान गर्ने स्थानबाट दुईसय पचास किलोमिटर वा सो भन्दा बढी दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  78. मध्यम बाटो (मिडियम रूट) – यात्राको लागि प्रस्थान गर्ने स्थानबाट एकसय किलोमिटर भन्दा बढी तर दुईसय पचास किलोमिटर भन्दा कम्ती दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  79. छोटो बाटो भन्नाले के हो -यात्राको लागि प्रस्थान गर्ने स्थानबाट पच्चीस किलोमिटरदेखि एकसय किलोमिटरसम्मको दूरीको गन्तव्य स्थानसम्म पुग्ने बाटो
  80. मोटरसाइकल सबै भन्दा धेरै दुर्घटना हुने सबारीमा पर्छ।
  81. अनियन्त्रित गतिमा चलाउँदा,ट्राफिक नियम पालना नगरेमा , मधिरा पान सेबन गरेर सबारी कुदाएमा ,आफ्नो लेन छोडी सबारी कुदायेमा , चालकको ध्यान आर्कै पट्टि गएमा दुर्घटना धेरै हुने कारण हुन्।
  82. सबैभन्दा पहिले घाइतेको आबस्था हेर्नुपर्छ गंभीर घाइते भए प्राथमिक उपचार गरेर आस्पताल लानुपर्छ ,अनि प्रहरीलाई जानकारी नि गराउनु पर्छ।
  83. दुर्घटना ग्रस्त सवारी दुघर्टना स्थलमा मानिसको मृत्यु भएमा प्रहरीले परीक्षण नगरे सम्म दुर्घटना भएको ठाँउबाट हटाउनु हुदैन
  84. सवारी दुर्घटना हुँदा पिडित पक्षलाई क्षतिपूर्ति भराई दिने काम ट्राफिक प्रहरी को हो।
  85. दुर्घटनाको जाँचबुझको लागी सम्बन्धित प्रहरीले आफू समक्ष दाखिला गराएको सवारी सवारी धनीलाई २४ घण्टा भित्र बुझाउनुपर्छ
  86. दुर्घटनामा परेको घाइतको चोट बाट बढि रगत बगेमा उत्तानो पारेर राख्नु पर्छ ।
  87. दुर्घटना हुन नदिन पैदल यात्रीले उचित ठाउँ जस्तै जेब्रा क्रसिंग बाट मात्रै बाटो काट्ने , चालकले मधिरा पान नखाई , उचित गतिमा ट्राफिक नियम पालना गर्दै कुदाउनु पर्छ।
  88. इञ्जिनको काम इन्धनलाई यांत्रिक शक्तिमा लाग्ने हो।
  89. इग्निशन स्वीचलाई घुमाएपछि इञ्जिन स्टार्ट हुन्छ।
  90. स्र्पाक प्लगले इञ्जिनमा आगोको झिल्का दिने काम गर्छ र इञ्जिन स्टार्ट हुन्छ।
  91. इञ्जिन स्टार्ट भएपछि चोक लिभर बन्द हुन्छ ।
  92. पेट्रोलको मात्रा कार्बुरेटरमा पुगेन भने इञ्जिन स्टार्ट हुँदैन।
  93. इञ्जिन स्टार्ट भएन भने आयल पाइप र बिद्युतको लाइन चेक गर्नु पर्छ ।
  94. इञ्जिनमा भएको पार्टपूर्जालाई चिल्लो बनाउने काम मोविलले गर्छ। पाट पुर्जा चिल्लो भयॊ भने घश्रण घटी इञ्जिन बलियो र बिग्रनबाट बचाऊछ।
  95. इञ्जिनमा इञ्जिन आयल राखिन्छ ।
  96. सी.सी. (c.c) इञ्जिनको क्षमता जनाउछ। ठुलो cc भएको सबरिको इञ्जिन ठुलो बुझ्नुपर्छ ।
  97. गोलो आकारको ट्राफिक चिन्हहरु प्रतिबन्धात्मक बुझाउँछ
  98. चारकुने आकारको ट्राफिक चिन्हहरु सूचनामूलक बुझाउँछ
  99. तीनकुने घेरा भित्रको ट्राफिक चिन्हले चेतावनी मूलक जनाउँछ
  100. ठूलो सवारीको निम्ति २१ वर्षनपुगेको व्यक्ति ।
  101. ठूलो सवारीको निम्ति २१ वर्षनपुगेको व्यक्ति ।
  102. मझौला तथा साना सवारीको निम्ति १८ वर्ष नपुगेको ।
  103. मोटरर्साईकल तथा त्यस्तै अन्य सानो २ पांग्रे सवारीको हकमा १६ वर्षउमेर नपुगेको ।
  104. छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति ।
  105. आँखाको देख्ने शक्ति कमजोर भई चश्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति ।
  106. साधारण ध्वनी संकेत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति ।
  107. रातो, हरियो, पहेंलो इत्यादि रङ्गहरु तुरुन्त छुट्याउन नसक्ने (Colour Blind), दृष्टिदोष भएको व्यक्ति । रतन्धो भएको व्यक्ति ।
  108. हात खुट्टा शक्तिहीन भै काम दिन नसक्ने भएको व्यक्ति । तर, अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीको निमित्त यो खण्डको बन्देज लागू हुने छैन ।
  109. ठूलो र मझौला र्सार्वजनिक सवारीको लागि ६० वर्षउमेर पुरा भएको कुनै पनि व्यक्ति ।
  110. सानो सवारी चलाएको २ वर्षपुरा नभएसम्म मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिईने छैन ।
  111. नेपाली भाषामा साधारण लेखपढ गर्न नजान्ने ।

नंबर प्लेट सम्बन्धि जानकारी

  • सार्वजनिक सवारीको नंबर प्लेट कालो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनुपर्नेछ
  • पर्यटक सवारीको नंबर प्लेट हरियो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • निजी सवारीको नंबर प्लेट रातो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • सरकारी सवारीको नंबर प्लेट सेतो प्लेटमा रातो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • संगठित सवारीको नंबर प्लेट पहेँलो प्लेटमा नीलो अक्षर र अड्ढमा हुनु पर्नेछ
  • कूटनीतिक सवारीको नंबर प्लेट नीलो प्लेटमा सेतो अक्षर र अड्ढमा हुनु पर्नेछ

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.